विश्व विविध

पाकिस्तानमा आतङ्कवादी हमला हुँदा सात मजदुरको मृत्यु

ग्वादर । पाकिस्तानको ग्वादरमा एक आतङ्कवादी हमला हुँदा सात मजदुरको मृत्यु भएको छ । गएराति आतङ्ककारीहरूले अन्धाधुन्ध गोली चलाउँदा सुतिरहेका सात जनाको मृत्यु भएको बताइएको छ । स्थानीय सञ्चार माध्यमहरूमा छापिएको खबर अनुसार आतङ्ककारीहरूले ग्वादरको साराबन्दमा फिस हार्बर जेट्टी नजिकैको आवासीय क्वार्टरमा आक्रमण गरेका थिए । अन्धाधुन्ध गोली चलाउँदा...

विद्यार्थी भिसाका लागि कठिन बन्दै अष्ट्रेलिया

काठमाडौँ । नेपाली विद्यार्थीहरुको रोजाइमा परेको अष्ट्रेलिया पछिल्लो आप्रवासन नीतिका कारण कठिन बन्दै गएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको अत्यधिक चाप बढेपछि अष्ट्रेलियाले आप्रवासन रणनीति कार्यान्वयन गर्ने क्रममा विद्यार्थीले जम्मा गर्नुपर्ने रकम बढाएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाइएको हो । अष्ट्रेलिया जान चाहाने...

रकेट आक्रमणमा परेर तीन इजरायली सैनिकको मृत्यु

तेल अभिभ । केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा परेर तीन इजरायली सैनिकको मृत्यु भएको छ । केरेम शालोम पोस्टमा हमासले गरेको रकेट आक्रमणमा परेर तीन इजरायली सैनिकको मृत्यु भएको इजरायलले दाबी गरेको छ । यो घटनापछि इजरायलले केरेम शालोम पोस्ट बन्द गरेको छ । केरोम शालोम चेकपोइन्ट गाजामा...

जापानकी विदेशमन्त्री खामीखावा नेपाल भ्रमणमा

काठमाडौं । जापानकी विदेशमन्त्री खामीखावा योको एक दिने भ्रमणका लागि नेपाल आइपुगेकी छन् । उनी परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा आज नेपाल भ्रमणमा आएकी हुन् । खामीखावालाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । खामीखावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्नेछिन् । उच्चस्तरीय भेटवार्ता भएपनि कुनै सन्धी...

डीभीको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । अमेरिकाले प्रत्येक वर्ष संचालन गर्दै आएको डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा आज सार्वजनिक हुने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर  dvprogram.state.gov/ESC  मा गई नतिजा हेर्न सक्ने जनाएको...

स्वदेश फर्किए कतारका राजा अमिर शेख

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आएका उनी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो...

कतारी राजा अमिर शेखले प्रधानमन्त्रीसँग दुई पक्षीय वार्ता गर्दै

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग दुई पक्षीय वार्ता गर्ने भएका छन् । दुई दिने नेपाल भ्रमणअन्तरगत राजा अमिर शेखले आज प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्ने भएका हुन् । उनीहरुबीच बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाट...

काठमाडौं आइपुगे कतारी राजा अमिर शेख

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार अपराह्नमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुगेका थिए । कतारी राजा अमिर शेख राष्ट्रपति पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका...

कतारी राजाको नेपाल भ्रमणः यस्तो छ दुई दिने कार्यतालिका

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्नमा नेपाल आइपुग्ने भएका छन् । उनी मंगलबार साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, हाल बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहीबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । अमिरले नेपाल...

मलेसियामा हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

क्वाललम्पुर । मलेसियामा नौसेनाको तालिमका क्रममा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरका चालक दलसहित सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । स्थानीय मिडियामा देखिएका...