खेलकुद
भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता
हेटौँडा १७ मंसिर । बंशगोपाल मा.वि हेटौंडा–६, चौघडाको खेल मैदानमा यही मंसिर १९ गतेदेखि राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी तिब्र पारिएको पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको हो । हेटौँडा भेट्रान्सको आयोजना एवं वडा नम्बर ६ कार्यालयको सह–आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका...
‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लब पराजित
काठमाडौँ १६ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा फ्रेन्ड्सले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो । यसअघि फ्रेन्ड्सले चार खेलमा...
शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै
काठमाडौं १५ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । लिगको पाचौँ चरणअन्तर्गत आज हुने पहिलो खेलमा च्यासल युथ क्लबले सङ्कटा युथ क्लब र मनाङ– मस्र्याङ्दी क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेलमा मनाङ र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै...
राष्ट्रिय बक्सिङ प्रतियोगीताको फाइनलमा मकवानपुरका पाख्रिन
हेटौंडा ९ मंसिर । काठमाडौंमा जारी प्रथम नेबिस राष्ट्रिय बक्सिङ प्रतियोगीतामा मकवानपुरका जीवन पाख्रिन फाइनलमा प्रवेश गरेका छन् । पाख्रिन शनिबार भएको सेमिफाइनल खेलमा दाङका सुरज ओलीलाई ४–१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । पाख्रिनले आज आइतबार हुने फाइनल खेलमा नक्साल काठमाडौंका रबिन थापासँग प्रतिस्प्रर्धा गर्ने मकवानपुरका...
राष्ट्रिय बक्सिङ प्रतियोगीतामा मकवानपुरका ५ जना
हेटौंडा ७ मंसिर । काठमाडौंमा जारी प्रथम नोविन राष्ट्रिय बक्सिङ प्रतियोगीतामा मकवानपुरका ५ जना बक्सर क्वाटरफाईनलमा प्रवेश गरेका छन् । बिहिबार भएको खेलमा ३ जना खेलाडीले जित हात पार्दै क्वाटर फाइनल प्रवेश गरेका हुन् । त्यस्तै २ खेलाडीले यसअघि नै बाई पाउँदै कवाटर फाईनल प्रवेश गरिसकेका छन् । प्रतियोगीतामा...
महिला फुटबल टोली नेपाल फर्कदै
काठमाडौँ, २८ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज नेपाल फर्कदै छ । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमामा सम्पन्न एशिया छनोटको तीन खेलमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो । नेपाली महिला...
अवैध रुपमा ओखर खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं, ६ कात्तिक । कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी नर्लिङ गेट अगाडी अवैध रुपमा ओखर खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नगद २२ हजार रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । घट्नाको विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
सेभेन ए साईडको उपाधि सिद्धार्थको पोल्टामा
हेटौँडा, १ कात्तिक । विजया दशमीको अवसरमा सगरमाथा युवा क्लब हेटौँडा–१९ डुमारेद्वारा आयोजना गरिएको सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सिदार्थ युवा क्लब हेटौँडा १९ ज्यामिरेले जितेको छ । बुधबार भएको फाईनल खेलमा बुद्धमार्ग युवा क्लब हेटौँडा ११ सरस्वतीलाई ८–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको कार्यक्रम संयोजक कल्पना...
चङ्गा चेट प्रतियोगितामा लामा प्रथम
हेटौडा २८ असोज । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलोपटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको प्रतियोगितामा हेटौंडाका ४७ जना सहभागि रहेका थिए । प्रतियोगितामा प्रथम सुनिलकुमार लामा, दोस्रो सुनिल खड्गीे र तेस्रो विनोद खड्गी भएका थिए । प्रतियोगितामा प्रथमले नगद दश हजार रुपैंया, ट्रफी र प्रमाणपत्र...
टोल स्तरीय फुटबल प्रतियोगिताको फाईनलमा कल्याणटार
हेटौडा २५ असोज । हेटौंडा–६ चौघडामा जारी टोल स्तरीय फुटबल प्रतियोगिताको फाईनलमा कल्याणटार युवा क्लब प्रवेश गरेको छ । बुधबार भएको सेमिफाईनल खेलमा बंशगोपाल युवा क्लब सी लाई हराउँदै कल्याणटारले फाईनलको यात्रा तय गरेको हो । कल्याणटारले बंशगोपाललाई ट्राईब्रेकरमा ३–१ गोलअन्तरले पराजित गरेको हो । खेलको म्यान अफ द...