भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता
हेटौँडा १७ मंसिर । बंशगोपाल मा.वि हेटौंडा–६, चौघडाको खेल मैदानमा यही मंसिर १९ गतेदेखि राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको सम्पुर्ण तयारी तिब्र पारिएको पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको हो ।
हेटौँडा भेट्रान्सको आयोजना एवं वडा नम्बर ६ कार्यालयको सह–आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका १४ टिमको सहभागिता रहने हेटौँडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्राचार्यले जानकारी दिएका दिएका छन् ।
