‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लब पराजित

तु खबर संवाददाता
२०७५ मंसिर १६, आईतवार १६:१५
file-photo

काठमाडौँ १६ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा फ्रेन्ड्सले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो ।

यसअघि फ्रेन्ड्सले चार खेलमा तीन हार र एक बराबरी खेलेको थियो । जीतसँगै फ्रेन्ड्स ४ अङ्कका साथ लिगको नवौं स्थानमा उक्लिएको छ ।