अर्थ/वाणिज्य
‘हेटौंडा–काठमाडौं सुरुमार्गको नाममा जनतासँग उठाएको पैसा सार्वजनिक गर्नुपर्छ’
हेटौंडा, १६ फागुन । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माण गर्ने नाममा मकवानपुरका जनतासँग शेयर उठाएको पैसा सार्वजनिक गर्नुपर्ने बताउनु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी लिएको २०६८ भदौमा स्थापित नेपाल पूर्वाधार विकास कम्पनीले मकवानपुरका जनतासँग उठाएको करोडौं पैसा सार्वजनिक गर्न अनुरोध गर्नु भएको छ । ‘कम्पनीका...
मनहरीमा काष्ठ उद्योग एक वर्षदेखि अलपत्र, अध्यक्ष उप्रेतीको सिंहदरबारमा दौडधुप
हेटौंडा, १६ फागुन । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा निर्माण भएको मनहरी काष्ठ तथा फर्निचर उद्योग एकवर्षदेखि अलपत्र परेको छ । उद्योग विभागले वन पैदावारमा आधारित काष्ठ उद्योग वन क्षेत्रबाट एक किलोमिटर दूरीमा राख्न पाइने व्यवस्था गरेपछि निर्माण सम्पन्न भएर सञ्चालनको प्रक्रियामा रहेको उक्त उद्योग अलपत्र भएको हो ।...
मकवानपुरमा १ हजार २ सय कक्षाकोठाको निर्माण सकियो
हेटौंडा, १६ फागुन । २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको मकवानपुरका २ सय ५२ विद्यालयका १ हजार २ सय कक्षाकोठाको निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मकवानपुरले दिएको जानकारी अनुसार भूकम्पले क्षति पुर्याएका १ हजार ५ सय कक्षाकोठामध्ये सो संख्याका कक्षाकोठाको निर्माण सम्पन्न...
गरिबी घटाउँछौं भन्ने लघुवित्त कम्पनी गरिबमाथि शोषण गरी अकुत नाफा कमाउँदै
काठमाडौं, १६ फागुन । गरिबी निवारण गर्ने उद्देश्यले खुलेका लघुवित्त कम्पनीहरूले गरिबलाई शोषण गरी अकुत नाफा कमाउने गरेका छन् । गत आर्थिक वर्ष ०७५–७६ मा सेयर बजारमा सूचीकृत ४९ वटा लघुवित्त संस्थाले नाफा औसतमा आठ गुणा ९सात सय प्रतिशत०ले बढाएका छन् । यति धेरै नाफा वृद्धि अन्य कुनै पनि व्यापारिक क्षेत्रमा...
पेट्रोल र डिजेलमा ५ रुपैयाँ बढ्नको कारण यस्तो रहेछ
काठमाडौं, १५ फागुन । सरकारले पूर्वाधार विकास करको दर परिमार्जन गर्ने निर्णयसँगै डिजेल र पेट्रोलमा ५ रुपैयाँ बढाएको हो । सरकारका प्रवक्ता अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताउनु भयो । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले...
भीमफेदी–कुलेखानी सुरुङमार्गको ‘वैशाखभित्रै टेण्डर’
हेटौंडा, १३ फागुन । बागमती प्रदेश सरकारको गौरव योजना पोष्टबहादुर ‘बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएर काम गरिरहेको छ । भिमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बागमती प्रदेश सरकारले अन्तिम तयारी गरिरहेको छ । बागमती प्रदेश सरकार गठन भएको दुईवर्षसम्म पनि सुरुङमार्गमा बजेट बिनियोजित गरेरमात्रै बसेको सरकारले अब भने...
हेटौंडाको नयाँ औद्योगिक क्षेत्र निर्माण अलपत्र
हेटौंडा, १० फागुन । हेटौंडा–१३ मयुरधापमा नयाँ औद्योगिक क्षेत्र निर्माण अलपत्र परेको छ । मयुरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) प्रतिवेदन वन तथा वातारण मन्त्रालयले स्वीकृत नगर्दा औद्योगिक क्षेत्र स्थापनाको काम रोकिएको छ । निर्मार्णधिन औद्योगिक क्षेत्रपर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भन्दै वन मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण...
आशयको सूचना बिनै हेटौंडा उपमहानगरद्वारा ठेक्का रद्द, ५० लाख जफत गर्ने निर्णय
हेटौंडा, ७ फागुन । ठेक्का सम्झौता गर्ने आशयको सूचना ननिकाली हेटौंडा उपमहानगरपालिकाले ढुंगा गिट्टी बालुवाको नदिजन्य उत्खनन् करको ठेक्का रद्द गरेको छ । मंगलबार बसेको हेटौंडा उपमहानगरपालिका (हेउमपना) कार्यपालिका बैठकले नगरको ढुंगा गिट्टी बालुवाको नदीजन्य उत्खनन् करको ठेक्का रद्द गरेको हो । हेउमपनाले २२ मंसिर २०७६ मा ढुंगा गिट्टी...
सुरुङमार्गमा मकवानपुरबासीको करोडौं लगानी डुब्ने पिरलो
हेटौंडा, ७ फागुन । नेपालकै कोशेढुंगाको रुपमा व्याख्या गरिएको काठमाडौं–कुलेखानी–भीमफेदी सुरुङमार्ग अहिले सपना जस्तै बनिसकेको छ । लगानीकर्तादेखि आमसर्वसाधारणमा सुरुङमार्गको कुरा आउनासाथ शरिरका रौं ठाडा हुन्छन् । सुरुङमार्ग भन्ने बितिक्कै कतिपय झसङ्गै हुन्छन, तर्सिन्छन् । किन कि यही सुरुङमार्गमा ऋण काडेर सेयर खरिद गरेकाहरु आफ्नो लगानी डुब्नेमा पिरलिएका छन्...
प्रदेशको गौरव योजनाः भीमफेदी–कुलेखानी सुरुङमार्गको २ वर्षसम्म शून्य प्रगति !
हेटौंडा, ७ फागुन । बागमती प्रदेश सरकारको पहिलो बजेटमा ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’लाई प्रदेशको गौरब योजना भन्दै सुरुङ निर्माणको काम गरिने भनिएको थियो । काठमाडौँ–हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम दोस्रो वर्ष बितिसक्दासम्म पनि सकिएको छैन । अघिल्लो आर्थिक वर्ष सुरुङ मार्गमा कुनै पनि...










