अर्थ/वाणिज्य

हेटौंडा–धुलिखेल बिजुली बसः फागुन दोस्रो हप्ताभित्र ग्लोबल टेण्डर

हेटौंडा, २ फागुन । बागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौंडादेखि धुलिखेलसम्म आफैं बिजुली बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । प्रदेश सरकारले बस खरिद र प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘प्रदेश यातायात निगम’ स्थापनाको तयारी अघि बढाइसकेको छ । २०७७ भित्र बागमती प्रदेशमा बिजुली...

हेटौंडा–भरतपुर प्रसारण लाइनको ठप्प काम फेरि चैतदेखि

हेटौंडा, २९ माघ । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनअन्तर्गत हेटौंडा–भरतपुर खण्डको यसअघि पूर्ण रुपमा ठप्प भएको काम फेरि चैतबाट मात्र सुरु हुने भएको छ । भारतीय कम्पनीसँग नेपाल विद्युत प्राधिकरणले ठेक्का तोडेपछि हेटौंडा–भरतपुर खण्डको काम पूर्ण रूपमा ठप्प बनेको थियो । ठेक्का तोडेको करिब एक वर्षपछि प्रसारण लाइनको काम पुनः सुरु...

हेटौंडामा बजाजको नयाँ शो रुम

हेटौंडा, २७ माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा बजाजको शो रुम खुलेको छ । बजाज ब्राण्डका मोटरसाइकल र स्पेयर्स पार्टसको आधिकारिक बिक्रेता होराइज अटो प्रालिले शो रुम सञ्चालनमा ल्याएको हो । १४ वर्षदेखि मकवानपुरका लागि आधिकारिक बिक्रेता रहेको होराइजनले करिब ४ करोड ५० लाख लगानीमा नयाँ शो रुम निर्माण...

विष्णु पौडेलको छोराको नाममा रहेको बालुवाटारको जग्गा बैंकमा : यती बैंकबाट निकाले ४९ लाख ऋण

काठमाडौं, २४ माघ । ललिता निवासको सरकारी जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेलेका छोरा नविन पौडेलले सो जग्गा साविक यती डेभलपमेन्ट बैंकमा राखेर ४९ लाख ऋण लिएको खुलासा भएको छ। साविकको यती डेभलपमेन्ट बैंक हालको महालक्ष्मी विकास बैंकसँग मर्ज भएको थियो। ललिता निवासको सरकारी जग्गा भूमाफियासँगको मिलेमतोमा व्यक्तिगत बनाएको सार्वजनिक...

बागमती प्रदेशको तयारीः ‘यातायात निगम’ बनाएर बिजुली बस सञ्चालन

हेटौंडा, २३ माघ । बागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी आफैं बिजुली बस सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सरकारले यसअघि निजी क्षेत्रको साझा यातायातसँग प्रदेशभित्र बिजुली बस चलाउन सहमती गरेको थियो । बिजुली बस सञ्चालन गर्न ३० करोड साझालाई दिने निर्णय गरेसँगै काठमाडौंस्थित राष्ट्रिय सभागृहमा...

मकवानपुरमा मह उत्पादन घट्यो

हेटौंडा, २० माघ । बिहान उठ्‍नेबित्तिकै उनी आकाश हेर्छन् । आकाश खुला छ भने खुसी हुन्छन् । बादल लागेको भए दिक्क मान्छन् । निरन्तरको हुस्सु र वर्षात्ले मह उत्पादन घटेकोमा राक्सिराङ गाउँपालिका–६ का दीपन चेपाङ चिन्तित छन् । गत वर्ष उनले २ सय घार मौरी पालेका थिए । त्यसबाट करिब १५ लाख रुपैयाँ कमाए ।...

हेटौंडा जोड्ने सडक कलोपत्रे भइसक्यो, पुलको पिल्लरमात्रै ठडियो

हेटौंडा, २० माघ । बागमती प्रदेशको राजधानी जोड्ने महत्वपूर्ण सडक खण्ड मदन भण्डारी लोकमार्ग अन्तर्गत बगमती पुल ९ वर्षदेखि अलपत्र छ । मकवानपुरको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने उक्त पुल निर्माण कम्पनीको लापरबाहीको कारण यतिका वर्षदेखि अलपत्र भएको हो । बागमती पुलको कंक्रिट पिल्लरमात्रै ठडिएको छ ।...

बागमती प्रदेशले साझा यातायातबाट फिर्ता लिएको ३० करोडको किस्सा

हेटौंडा, १८ माघ । बागमती प्रदेश सरकारले यसअघि निजी क्षेत्रको साझा यातायातसँग प्रदेशभित्र बिजुली बस चलाउन सहमती गरेको थियो । बागमती प्रदेशले बिजुली बस सञ्चालन गर्न ३० करोड साझालाई दिने निर्णय गरेसँगै काठमाडौंस्थित राष्ट्रिय सभागृहमा २०७६ असार १६ गते साझासँग सहमती गरेको थियो । तर, साझासँग सहमती तोड्दै अब...

नयाँ वर्ष २०७७ देखि सुरुङमार्ग निर्माण सुरु– मुख्यमन्त्री पौडेल

हेटौंडा, १८ माघ । बागमती प्रदेश सरकारले २०७७ वैशाख १ गतेदेखि सुरुङमार्ग निर्माण सुरु गर्ने गरी काम अगाडि बढाएको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । आज शनिवार भएको प्रदेशसभाको दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्दै उनले प्रदेशका १३ वटै जिल्लाको आवश्यकता सुरुङमार्ग रहेको बताए । मुख्यमन्त्री पौडेलले सुरुङमार्गको डीपीआरको काम...

पार्कमा करोडौं खर्च गर्दै बागमती प्रदेश सरकार

हेटौंडा, १६ माघ । प्रदेश सरकारले पर्यटन पूर्बाधार निर्माणका क्रममा पार्क, भ्यू टावर र पदमार्गलाई प्राथमिकतामा राखेको छ । वागमती प्रदेश सरकारले पर्यटन पूर्बाधारका २० वटा बिभिन्न प्याकेजलाई उपभोक्ता समितिमार्फत् निर्माण गर्ने गरी सम्झौता गरेको छ । २० वटा प्याकेजलाई ७ करोड २५ लाख रुपैयाँमा उपभोक्ता समितिमार्फत् निर्माण गर्ने...