अर्थ/वाणिज्य

बैंकमा सुन राखे उल्टै ब्याज पाइने ! यसरी पाइन्छ ब्याज ?

काठमाडौं, २५ फागुन । अब तपाईहरुले घरमै थन्क्याएर राखेको सुनबाट उल्टै ब्याज पाउनु हुनेछ । यसका लागि तपाईले बैंकमा सुन जम्मा गरेर ब्याज लिन पाउने सुविधा गत (बिहीबार) देखि सञ्चालनमा आएको छ । अब बैंकमा सुन धितो राखेर ऋण मात्र होइन सुन जम्मा गरेर उल्टै ब्याज समेत खान पाइने...

हेटौंडा सिमेन्टमा क्लिकर उत्पादन बन्द

हेटौंडा, २४ फागुन । नेपाल सरकारको स्वामित्वमा सञ्चालन भइरहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले क्लिकर उत्पादन बन्द गरेको छ । उद्योगले शुक्रबारदेखि १० दिनसम्म क्लिकर उत्पादन बन्द गरेको हो । २२ हजार टन क्लिकर बाँकी रहेकाले १० दिनका लागि उत्पादन बन्द गरिएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिनु भयो । उहाँले मजदुर...

भीमफेदीको सुरुङमार्ग निर्माणस्थलमा भौतिक मन्त्री, ५० प्रतिशत अध्ययन सकियो

हेटौंडा, २३ फागुन । पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणस्थल पुगेर बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले स्थलगत निरीक्षण गर्नु भएको छ । बागमती प्रदेशको गौरवको योजना हेटौंडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा भइरहेको कामको बारेमा जानकारी लिन आज शुक्रबार मन्त्री निर्माणस्थलमै पुग्नु भएको हो । सुरुङमार्गको दक्षिणतर्फको प्रवेशद्धार...

हेटौंडामा चैत १६ गतेदेखि हुन लागेको व्यापार मेला स्थगित, यस्तो रहेछ कारण

हेटौंडा, २१ फागुन । मकवानपुर उद्योग वाणिज्य संघअन्तर्गत् महिला उद्यमी विकास समितिले हेटौंडामा गर्न लागेको व्यापार मेला स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मेला नगर्न समितिलाई निर्देशन दिएपछि स्थगित गरिएको समितिले जानकारी दिएको छ । विगतमा सात वटा मेला, महोत्सव तथा एक्सपो सम्पन्न गरिसकेको समितिले यही चैत...

बुधवार एकैदिनमा सुनको मूल्य यतिधेरै बढ्यो !

काठमाडौं, २१ फागुन । कोरोना भानइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर सुनमा देखिँदा यसको मूल्यमा तीव्र उतारचढाव देखिएको छ । छापावाल सुन बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँले बढेर ८० हजार ५ स रुपैयाँ कायम छ । हिजो (मंगलबार) भने छापावाला सुन ७८ हजार...

हेटौंडामा प्रहरी ‘झुक्याउन’ खोज्ने सुन तस्करको त्यो शैली

हेटौंडा, १९ फागुन । भारत कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकल काठमाडौंबाट ‘नाइट बस’मा बीरगञ्ज हानिए । अब्दुलले साथमा कालो झोला बोकेका थिए । झोलामा थिए मोटर पार्टसभित्र जडान हुने ४ थान फलामको ब्यरिङ जस्तो देखिने वस्तु । अब्दुल ती फलामका वस्तुलाई भारत छिराउने प्रयासमा थिए । सायद त्यसैले...

कतिमा कारोबार हुँदैछ आज सुन ?

मकवानपुर, १९ फागुन । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । महासंघका अनुसार, आज सुन आईतबारकै मुल्यमा कारोबार भइरहेको छ । आईतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ७७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।...

हेटौंडा सिमेन्ट ३ अर्ब खर्चेर क्षमता बढाउँदै

हेटौंडा, १८ फागुन । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले आफ्नो उत्पादन क्षमता बढाउने भएको छ । उद्योगले हाल १० देखि १२ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । निजी क्षेत्रका उद्योगको तुलनामा कम उत्पादन भएकाले प्रतिस्पर्धी क्षमता बढाउन संघीय सरकार उद्योग मन्त्रालयको निर्देशनअनुसार उत्पादन क्षमता...

हेटौंडा सिमेन्टलाई किन दिने ३ अर्ब ?

काठमाडौं, १८ फागुन । हेटौंडा सिमेन्ट उद्योगले हालै तयार गरेको प्रतिवेदन अनुसार उद्योगलाई टिकाउन झन्डै तीन अर्ब रुपैयाँ थप लगानी गर्नुपर्ने देखिएको छ। उद्योग मन्त्रालयको निर्देशनमा उसले तयार गरेको प्रतिवेदनअनुसार सिमेन्ट प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा उसको उत्पादन धेरै महँगो भएकाले बिक्री हुन सकेको छैन। पटकपटक मूल्य घटाउँदा पनि बिक्री नभएकाले...

हेटौंडा–काठमाडौं सुरुङमार्गमा जनताको लगानी जोखिममा, के गर्दैछ पूर्वाधार कम्पनी ?

हेटौंडा, १८ फागुन । काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग बन्ने खबर सुनेपछि मकवानपुरका जनताले समृद्धिको सपना देखेर शेयर लगानी गरे । सुरुङमार्ग निर्माता नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माण हुने विश्वस्त दिलाएर मकवानपुरबाट ३ करोड भन्दा बढी शेयर लगानी बापत रकम संकलन गर्यो । सुरुङमार्ग करिडरमा पर्ने मकवानपुर, ललितपुरको खोकना र काठमाडौंको...