अर्थ/वाणिज्य

मेगा बैंकद्वारा मुख्यमन्त्रीलाई ५ लाख हस्तान्तरण

हेटौंडा,२१ चैत /  बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेघा बैंकले ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बैंकका हेटौंडा शाखा प्रमुख निरन्जन देबकोटाले मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रकमको चेक हस्तान्तरण गर्नुभएको हो । बिश्वलाई नै आक्रान्त पारेको कोरोना भाईरस...

कोरोना प्रभावः अमेरिकी डलरको भाउमा उच्च वृद्धि

काठमाडौँ, ११ चैत । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली...

‘चिन्ता नलिनुहोस् मेडिकल बन्द हुँदैन, औषधी सहजै पाइन्छ’

मकवानपुर १० चैत । औषधी व्यवसायी संघ मकवानपुरले मकवानपुरमा औषधीको आपूर्ती सहज बनाएर जनतालाई विक्रि वितरणको व्यवस्था मिलाउने जनाएको छ । औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधीर दाहालले आज सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुरे जनतालाई औषधिको अभाव नहुने जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसंगै त्रसित...

पेट्रोलको मूल्य २ रुपैयाँ मात्रै घट्नुको कारण यस्तो रहेछ

हेटौंडा, ३ चैत्र । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आउँदा पनि नेपाल आयल निगमले भने पेट्रोल डिजेल र मट्टितेलको मूल्यमा दुई रुपैयाँ मात्रै घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आएपनि यहाँ दुई रुपैयाँ मात्रै घटाएको हो । ‘आधार मूल्य (खुद्रा बिक्री मूल्य)को आधारमा समायोजन गर्दा...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको मूल्य यथावत

हेटौंडा, ३ चैत्र । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले...

हेटौंडा–भरतपुर प्रसारण लाइनको ठेक्का भारतीय कम्पनीलाई

काठमाडौं, ३० फागुन । नेपाल विद्युत् प्राधिकरणले हेटौंडा–भरतपुर प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले पाएको छ । प्राधिकरणले यसअघि तोकिएको काम पूरा नगरेपछि ठेक्का सम्झौता खारेज गरेको थियो । भारतीय कम्पनी आइकम टेल लिमिटेडको कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले कम्पनीसँगको ठेक्का गत वैशाखमा तोडेर नयाँ प्रक्रियामा...

मकवानपुरको राक्सिराङले सबै योजना बैशाखभित्र सक्ने

हेटौंडा, ३० फागुन । चालू आर्थिक बर्षका लागि बिनियोजित भएका सबै योजनाहरु बैशाख महिनाभित्रमा सक्नेगरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले काम अघि बढाएको छ । गाउँपालिकाले फागुन १५ गतेभित्रसम्ममा सबै योजनाहरुको सम्झौता गर्नका लागि ठेकेदार, परामर्शदाता तथा उपभोक्ता समितिहरुलाई अनुरोध गरेको थियो । अनुरोध बमोजिम बिनियोजित कूल ३३१ वटा योजनामध्ये २१२...

नेपालीको थाप्लोमा ३७ हजार ऋण, नेपालको ऋण ११ खर्ब नाघ्यो

काठमाडौं, ३० फागुन । नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नाघेको छ । अर्थ मन्त्रालयका अनुसार माघसम्ममा नेपालको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो । त्यसमध्ये ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ६ खर्ब ६३ अर्ब ७२ करोड...

हेटौंडामा अमेरिकी ब्राण्डको पेयपदार्थ

हेटौंडा, २९ फागुन । कोकाकोला, पेप्सीकोला जस्तै अन्तर्राष्ट्रिय ब्राण्डको पेयपदार्थ करिब दुई महिना भित्र हेटौंडामा उपलब्ध हुने भएको छ । अमेरिकी ब्राण्डको आर्सीकोला कम्पनीको फ्रेन्चाईजमा हेटौंडामा पेयपदार्थ उत्पादन उद्योग स्थापना भएको हो । जोगी तालमा ३ विगाह जमिन खरिद गरी पेयपदार्थ उद्योग स्थापना गरिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले...

हेटौँडामा माछ भात होटल सञ्चालनमा

हेटौँडा, २७ फागुन । हेटौंडा १० मा माछ भात होटल सञ्चालनमा आएको छ । राजकुमार महतोले सञ्चालन गर्नुभएको माछ भात होटलमा विशेष रुपमा माछा र भात उपलब्ध छ । नेपालकै माछा, नेपाली चामल, विभिन्न ८ किसिमका अचार खानाको सेटमा पाइने महतोले बताउनुभयो । तराइमा परम्परागत रुपमा जसरी माछा पकाइन्थ्यो...