अर्थ/वाणिज्य
सरकारले ३० हजार मेट्रिकटन चिनी आयात गर्ने
काठमाडौं । सरकारले भन्सार सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूला चाडपर्वलाई लक्षित गर्दै ३० हजार मेट्रिकटन चिनी खरिदको लागि अर्थ मन्त्रालयसँग सहमति मागिएको जनाएको छ । अर्थको सहमति मन्त्रिपरिषदबाट निर्णय गराएर साल्ट ट्रेडिङ वा खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई...
बागमती प्रदेशमा सवारीसाधनको राजश्व अब अनलाइनमार्फत भुक्तानी हुने
मकवानपुर । बागमती प्रदेशमा सवारीसाधनको राजश्व अब अनलाइमार्फत भुक्तानी हुने भएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले प्रदेशमा रहेको सवारीसाधनहरुको राजश्व अनलाइनमार्फत नै भुक्तानी गर्ने व्यवस्था मिलाएको हो । उक्त व्यवस्थाको आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा अयोजित एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री पौडेलले...
बागमती प्रदेशको गत आवमा ७० प्रतिशतमात्रै खर्च
मकवानपुर । बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा कुल बजेटको ६९.७८ प्रतिशत रकम खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय हेटौंडाका अनुसार सो आर्थिक वर्षमा कुल बजेटमध्ये ३०.२२ प्रतिशत बजेट खर्च भएको छैन । आव २०७७/७८ मा विनियोजित बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ४४...
सरकारले फेरि राहत प्याकेज ल्याउने
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गदै अर्थमन्त्री शर्माले सो कुराका जानकारी दिएका हुन् । अर्थमन्त्री शर्माले आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने चुनौती रहेकोले बताउँदै त्यसका लागि सरकारले आवश्यक सम्भावनाका विषयमा छलफल...
बागमतीमा दुई पाङ्ग्रे सवारीसाधनको कर बृद्धि
मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले श्रवण १ गतेदेखि लागू हुने गरी दुई पाङ्ग्रे सवारीसाधनको कर वृद्धि गरेको छ । मन्त्रालयले मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको कर बृद्धि गरेको हो । मन्त्रालयका अनुसार, मोटरसाइकलको सीसी (इन्जिन क्षमता) अनुसार न्यूनतम २ सय रुपैयाँदेखि...
खोप खरिद गर्न बागमती प्रदेश सरकारको २ अर्ब
मकवानपुर । बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिदका लागि २ अर्ब बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशका सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन विशेष प्राथमिकता दिई उक्त रकम विनियोजन गरेको प्रदेशको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जानकारी दिइन् । मन्त्री...
सानिमा लाइफले पायो ६० लाख कित्ता आईपिओ निष्काशन अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपिओलाई आज बिहीबार अनुमति दिएको छ । सो इन्स्योरेन्स कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका लागि ५/५ प्रतिशत शेयर छुट्याएर बाँकी सर्वसाधारणको लागि जारी गर्ने भएको छ । आइपीओको बिक्रि प्रवन्धक...
पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ, डिजेल तथा मट्टीतेलको प्रतिलिटर १११ रुपैयाँ कायम भएको निगमले जनाएको छ । निगमले...
आज नेप्सेमा झिनो बृद्धि हुँदा ५ अर्ब माथिको कारोबार
काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा झिनो वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.०१ अंकले बढेर २ हजार ८७२.०५ विन्दु कायम भएको हो । आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५...
आज सुनको भाउ घट्यो
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले घटेको छ । भाउ घटेसँगै नेपाली बजारमा आज छापावाला सुनको भाउ प्रतितोला ९२ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यसअघि आइतबार छापावाल सुन प्रतितोला...










