अर्थ/वाणिज्य
एकैदिन १६०० ले घट्यो सुनको भाउ
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार ६०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको...
आज नेप्से ११ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार, आज परिसूचक ११ दशमलव ६० अंकले घटेर २ हजार ७५७ दशमलव ५३ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ४८ पैसा र विक्रीदर ११९ रुपैयाँ ०८ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र विक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ...
सहज तरिकाले ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला योजनालाई सरल र रोकावटबिना नै सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएका छन् । मन्त्रालयमा आज आयोजित विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उनले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने उल्लेख गरे ।...
नेप्से १६ अंकले बढ्यो, ७ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव ९५ अंक अर्थात् ० दशमलव ६१ प्रतिशतले बढेर २ हजार ८०१ दशमलव ५२ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर...
आयात घटाउन र निर्यात बढाउन सरकारले पहल गर्नुपर्छः उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई फराकिलो बनाउनुपर्ने बताए । आन्तरिक राजस्व कार्यालय भद्रपुर र विर्तामोड उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा झापाको विर्तामोडमा आज आयोजित दशौं कर दिवस कार्यक्रममा उनले साना करदातालाईसमेत समेटेर अघि बढ्नसके मात्र राजस्वमा सुधार आउने बताए । वरिष्ठ उपाध्यक्ष ढकालले नेपाली...
कर सप्ताह सुरु
चितवन । दशौं कर सप्ताहअन्तर्गत जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले आजदेखि सुरु गरेको कर सप्ताह मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण खासै कार्यक्रम नगरिए पनि यसवर्ष सङ्क्रमण घट्दै गएकाले सप्ताहव्यापी रुपमा कार्यक्रम गर्न लागिएको...
अघिल्लो वर्षको तुलनामा एक अर्बले बढ्यो टेलिकमको आम्दानी
काठमाडौं । नेपाल देलिकमको आम्दानी रकम बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ को पहिलो त्रैमासको तुलनामा आय १ अर्ब १३ करोड रपैयाँले बढेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा टेलिकमले ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन, यो वर्षको पहिलो त्रैमासमा ९ अर्ब ७७ करोड...
आज नेप्से २६ अंकले बढ्यो
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर २ हजार ७१५ दशमलव ३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ४६ लाख...
३०० ले घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९४ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार...









