आज नेप्से ११ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ मंसिर ५,आईतवार १६:३९

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार, आज परिसूचक ११ दशमलव ६० अंकले घटेर २ हजार ७५७ दशमलव ५३ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर समूह र उत्पादन तथा प्रशोधन समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ५० करोड ९९ लाख ९२ हजार ३३२ रुपैयाँको कारोबार भएको छ । साथै नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको शेयरमा सर्किट लागेको छ ।