आज सांसद सिटौलाको सपथ ग्रहण
काठमाडौं । प्रतिनिधि सभामा हालै निर्वाचित जनता समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाले आज सपथ ग्रहण गर्ने भएकी छन् ।
सरिता गिरीको स्थानमा सांसद बनेकी सिटौलाले आज दिउँसो १ बजे सपथ ग्रहण गर्ने भएकी हुन् ।
नेपालमा निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान गर्न समाजवादी पार्टीले जारी गरेको ह्वीप उल्लङ्घन गरेको भन्दै पार्टीले नेतृ गिरीलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।
उनी निलम्बनमा परेपछि सिटौलाले समानुपातिक सांसदको पद पाएकी हुन् ।
