सुस्मिता हत्या प्रकरणः न्याय पाउनुपर्छ भन्दै जिल्ला अदालत मकवानपुर अगाडि नाराबाजी (हेर्नुहोस् भिडियो)

तु खबर संवाददाता
२०७७ असार ३०,मंगलवार १६:५१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ सुर्यचोककी सुस्मिता केसी थापाको हत्याबारे आज जिल्ला अदालत मकवानपुरमा थुनछेक बहस भइरहेको छ ।

सुस्मिताको हत्यारालाई कडाभन्दा कडा सजायको माग गर्दै मकवानपुरका महिलाहरुले जिल्ला अदालत मकवानपुर अगाडि नाराबाजी गरिरहेका छन् । उनीहरुले सुस्मिताले न्याय पाउनुपर्छ भन्दै नाराबाजी गरिरहेको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

सुस्मिताको हत्यामा संलग्न भएका ४ जनाको हिजो सोमवार अदालतमा बयान सकिएको थियो ।

सरकारी वकिलको कार्यालयले सो हत्या प्रकरणमा संलग्न ५ जना विरुद्ध जिल्ला अदालत मकवानपुरमा अभियोग पत्र दर्ता गराएको थियो ।

जिल्ला अदालत मकवानपुरले आज सोही मुद्धाको थुनछेक बहस भइरहेको जनाएको छ ।

जिल्ला अदालत मकवानपुरका अनुसार,   हत्यामा संलग्न ५८ बवर्षीय ससुरा प्रकाश थापा, २३ वर्षीया नन्द सीता थापा, ५० वर्षीया सासु तुलसा थापा,  जेठी नन्द २७ वर्षीया दुर्गा थापाले हिजो बयान दिएको थियो ।

सरकारी वकिलले सुस्मिताको जेठि नन्द दुर्गाको श्रीमान अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो । तर, आरोपी कार्की भने अदालतको सम्पर्कमा नआएको थाहा लागेको छ ।

सुस्मिता गत असार २ गते आफ्नै घरको भान्सा कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले असार १५ गते परिवारकै ४ जना सदस्यहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो ।

हेर्नुहोस् भिडियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*