बर्षाका कारण भीमफेदी – कुलेखानी सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०७७ असार २६,शुक्रबार ०८:५०
file-photo

मकवानपुर । हिजो विहिबार साँझदेखि परेको अविरल बर्षाका कारण भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको
छ ।

सिम खोला र जुरीखेत र गढीलगायतका स्थानमा पहिरो जाँदा सो सडकखण्डहुँदै संचालन हुने यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
बर्षाका कारण पहिरो पन्छाउन कठिनाई भएको र मौसम सुधार हुनासाथ पहिरो पन्छाएर यातायात सन्चालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी साधनहरुलाई प्रहरी चौकी भैँसेबाट त्रिभुवन राजपथको बाटो हुँदै पठाइएको प्रहरी चौकीका इन्चार्ज कुलबहादुर श्रेष्ठले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*