रामबहादुर बम्जनसहित ३ जनाविरुद्ध मुद्दा दायर

तु खबर संवाददाता
२०७७ असार १९, शुक्रबार १५:०८

काठमाडौं । आफ्नै अनुयायी बलात्कार गरेको आरोपमा रामबहादुर बम्जनसहित ३ जना विरुद्ध मुद्दा दायर भएको छ ।

सर्लाहीकी एक आफ्नै अनुयायी बलात्कार गरेको आरोपमा शुक्रबार बम्बजसहित ३ जनाविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भएको हो ।

लिटिल बुद्ध भनेर चिनिएका बम्जनलाई बलात्कार आरोपमा १४ वर्ष जेल सजाय माग दाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता केशवप्रसाद गौतमले जानकारी दिए ।

त्यसैगरी बम्जनको सहयोगी जीतबहादुर तामाङ र एक जना अर्का सहयोगीलाई समेत ७–७ वर्ष जेल सजाय माग दाबी गरेर मुद्दा दायर भएको गौतमले बताए ।

४ महिनाअघि सर्लाही अदालतको बलात्कारको अभियोगमा उनलाई पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गर्न भने सकेको छैन । उनी फरार रहेको प्रतिवेदन भने प्रहरी अदालतमा पेस गर्नेछ ।

अदालतले प्रहरीलाई लिएको समय अवधिको हद म्याद २१ असारमा सकिँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*