नागरिक लगानी कोषको शेयर लिलामीको आज अन्तिम दिन

तु खबर संवाददाता
२०७८ जेष्ठ २७,बिहीबार १२:२०

काठमाडौं । नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन हो ।

बैंकले कोषको तीन लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कोषमा न्यूनतम शेयरमूल्य १ हजार ३ सय ६६ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ ।

आवेदकले न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*