सांसदसहित संसद सचिवालयका ४४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

तु खबर संवाददाता
२०७७ बैशाख २६,शुक्रबार ०९:२२

काठमाडौं । बिहीबार स्वाब संकलन गरिएका सांसदसहित संसद सचिवालयका ४ सय ४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार १७९ जना प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य र २२९ कर्मचारी तथा मर्यादापालक गरी ४ सय ४१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरू सबैको रिपोर्ट संघीय संसद सचिवालय पठाउने तयारी भइरहेको प्रयोगशालाले जनाएको छ ।

संसद बैठक अघि कोरोना भाइरस भए–नभएकोबारे पीसीआर विधिबाट परिक्षण गर्ने कार्यव्यबस्था समितिको निर्णयअनुसार आज बिहीबार संसद अन्तर्गत ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*