संघीय संसदका ४४१ जनाको स्वाब संकलन

काठमाडौं । संघीय संसदको बैठकका लागि तयारी सुरु भएको छ । बैठक बस्नअघि बिहीबार आज प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र कर्मचारीको कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ ।
आज बिहिबार संघीय संसदअन्तर्गत कूल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो ।
जसमा १७९ जना प्रतिनिधिसभा सदस्य, राष्टियसभाका ३३ जना सदस्य र कर्मचारी र मर्यादापालक २२९ जना गरी जम्मा परिक्षण ४४१ जनाले परीक्षणका लागि स्वाबको नमुना दिएका छन् ।
बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीहरुको भने भोलि बिहान ८ बजेदेखि १० बजेसम्म बानेश्वरमै स्वाबको नमुना संकलन गरिने संसद सचिवालयले जनाएको छ ।