सरकारी वकिलको कार्यालयद्वारा सुरेन्द्र यादव अपहरणसम्बन्धी उजुरी दर्ता

तु खबर संवाददाता
२०७७ बैशाख २२, सोमबार १८:०९
तस्बिर : रातोपाटी

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणसम्बन्धी उजुरी दर्ता गरेको छ । कार्यालयले डा. यादव अपहरणसम्बन्धी सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता गरेको हो ।

यसअघि बैशाख १६ गते जनता समावादी पार्टीका नेताहरुसहित सांसद डा. यादव सरकारी वकिल कार्यालय काठमाडौं जाहेरी दिन पुगेका थिए । तर, त्यतिखेर सरकारी वकिल कार्यालयले डा. यादवको जाहेरी लिन मानेका थिएनन् ।
त्यसपछि कार्यालयले सोमबार अपहरको जाहेरी दर्ता गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

सांसद यादवले यसअघि पनि घटनाको छानबिनका लागि राष्ट्रिय मानअधिकार आयोगमा उजुरी दिएका थिए ।

त्यस्तै सोमबार नै सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले पनि मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । उनीहरुले आफुहरुले डा. यादवको अपहरण नगरेको भन्दै मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*