संसदको बजेट अधिवेशन बोलाउने सरकारको तयारी

तु खबर संवाददाता
२०७७ बैशाख १७, बुधबार १६:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना (कोभिड–१९) संक्रमणको जोखिम बढिरहेको बेला संसदको बजेट अधिवेश बोलाउन सम्भव छ या छैन भन्ने विषयमा जानकारी लिन संसद भवनको बैठक कक्षको अवलोकन गरेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शपछि स्थलगत अवलोकन गरेका हुन् ।

उक्त अवलोकन पश्चात सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।

सरकारले बजेट अधिवेशन बोलाउने तयारी गरेपछि सचिवालयले पनि कोभिड–१९ को रोकथामका लागि अपनाउनुपर्ने व्यवस्थाको तयारीलाई तिब्रता दिएको छ ।

बजेट अधिवेश सम्भवतः जेठको पहिलो साता सुरु गर्ने तयारी सरकारले गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*