हेटौंडाकी अजिता भुजेल हत्यामा संलग्नलाई दोस्रो पटक म्याद थप

तु खबर संवाददाता
२०७६ फाल्गुन २,शुक्रबार १४:३७
२० माघमा जिल्ला प्रहरी कार्यालयले अजिता हत्यामा संलग्न भएको अरोपमा एलिशासहित अन्य ४ जनालाई सार्वजनिक गर्दै । तस्बिरः जिल्ला प्रहरी कार्यालय, मकवानपुर

हेटौंडा, २ फागुन । तेस्रो लिङ्गीहरुको अधिकार क्षेत्रमा काम गर्दै आइरहेकी अजिता भुजेलको हत्या आरोपमा पक्राउ परेकाहरुलाई दोस्रो पटक म्याद थप गरिएको छ ।

हेटौंडा–११ नवलपुर घर भएकी अजिताको माघ ४ गते हत्या गरी क्याम्पाडाँडामा अर्धनग्न अवस्थामा शव फालिएको थियो । उनको हत्या आरोपमा मकवानपुर प्रहरीले माघ २० गते हेटौंडाका ५ जनालाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत मकवानपुरले फागुन १ मा दोस्रो पटक ८ दिनका लागि म्याद थप गरेको तहशिलदार तुलसी लामिछानेले जानकारी दिए । हत्यामा संलग्नहरुलाई अदालतले दोस्रो पटक म्याद थप गर्दै थप अनुसन्धानका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अजिता हत्या आरोपमा हेटौंडा ११ का २० बर्षीया एलिसा पाख्रिन, हेटौंडा ४ का २४ बर्षीय आशिस बल, हेटौंडा ४ का २१ बर्षीय बुद्ध लामा, हेटौंडा ९ का १८ बर्षीय सिमोन परियार र हेटौंडा ४ बस्ने २५ बर्षीय सुशिल थापा मगरलाई प्रहरीले पक्राउ गरेको थियो ।

यौन सम्पर्कपछि अजिताले माग गरेको रकममा विवाद हुँदा अजिताको ४ माघको मध्यरातमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ४ जना युवकले पालैपालो अजितालाई यौनसम्पर्क गरी हत्या गरेर क्याम्पाडाँडामा उनको शव फालेको प्रहरीले जनाएको छ ।

अजिताको हराएको मोबाइलबाट प्रहरी हत्यामा संलग्न व्यक्तिहरुसँग पुग्न सफल भएको थियो । अदालतले यसअघि हत्यामा संलग्नहरुलाई १० दिन म्याद थप गरेको थियो ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*