अजितासँग ‘लिभिङ टुगेदर’मा बस्ने फरार !

२०७६ माघ ८,बुधबार १५:१९
फाइल तस्बिर

हेटौंडा, ८ माघ । मृतक अजिता भुजेलसँग ‘लिभिङ टुगेदर’ अर्थात् बिहे नगरी आपसी समझदारीमा श्रीमान्–श्रीमतीको रूपमा बस्दै आएका एक जना फरार रहेको खुलेको छ ।

भुजेल आवद्ध रहेकी निल हिरा समाज, मकवानपुरकी संयोजक किरण थापा सुरजले आज बुधवार पत्रकार सम्मेलन गर्दै अजिता लिभिङ टुगेदरमा बस्ने गरेको बताएका छन् । अजिताको साथीसमेत रहेकी थापाले विगत २ महिनादेखि अजिता एक व्यक्तिसँग लिभिङ टुगेदरमा बसेको जानकारी दिए ।

भुजेल हेटौंडा–५ स्थित क्याम्पाडाँडामा माघ ४ गते बिहान मृत अवस्थामा फेला परेकी थिइन् । उनको शव घाँटीमा तारको डाम र टाउकोमा चोट लागेको अवस्थामा भेटिएको थियो ।

‘अजिताले लिभिङ टुगेदरमा बस्ने कुरा मलाई बताएकी थिइन् । उनले व्यक्तिको फोटो देखाइन्, तर नाम र ठेगाना बताएकी थिइनन् ।–’ पत्रकार सम्मेलनमा थापाले भने । उनका अनुसार अजितासँग लिभिङ टुगेदरमा बस्ने व्यक्ति अहिले गायब छन् । सम्पर्क भन्दा बाहिर रहेको भन्दै अजिता हत्यामा उनको संलग्नताको शंका लागेको थापाले जानकारी दिएका छन् ।

‘लिभिङ टुगेदरमा बस्ने व्यक्ति डरले भागेको हो वा हत्यामा संलग्न भएकै कारण भागेको हो थाहा छैन । तर, फरार छ ।–’ थापाले पत्रकारहरुलाई भने । उनले प्रहरीलाई लिभिङ टुगेदरमा बस्ने व्यक्तिलाई अहिलेसम्म पक्राउ नगरेको बताए ।

थापाले भुजेलको हत्यामा तेस्रो लिङ्गीहरुको संलग्नता रहेको आशंका व्यक्त भइरहेको भन्दै तेस्रो लिङ्गीहरुबाट यस्तो हुन नसक्ने बताए ।

यो पनि पढ्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*