सक्षम युवा क्लबलाई १० हजार जरिवाना

२०७६ भाद्र २५,बुधबार ०९:३७

मकवानपुर, २५ भदौ । मकवानपुरको हेटौँडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा खेलको नियमविपरीत खेललाई बहिष्कार गरेको भन्दै सक्षम युवा क्लबलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्ला फुटबल संघ मकवानपुरको सोमबार बसेको बैठकले सक्षमलाई जरिवाना गर्ने निर्णय गरेको हो ।

सक्षमले २२ गते भएको विजय युथ क्लबसँगको खेदमा खेल समयभित्रै रेफ्रीको निर्णय नमानी खेल बहिष्कार गरी हिडेको थियो ।

यसैगरी सोमबार भएको खेलमा रेफ्रीलाई अशब्द बोलेको भन्दै प्रगतिशील युवा क्लबका दुई खेलाडीलाई एक खेलमा प्रतिबन्धको कारबाही गरिएको छ । गोलरक्षक अजय बराल र टिम क्याप्टेन एक खेलमा प्रतिबन्ध लगाइएको समाचार आजको साझाकुरा दैनिकमा छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*