आज रक्षा बन्धन, किन बाधिन्छ हातमा रक्षा बन्धन ?

आज हिन्दु धर्मावलम्बीहरुको चाड श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हो । जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको हिन्दु धर्मावलम्बीहरुको विश्वास छ ।
सत्य यूगमा दानव द्धार लखेटिएका देवगणहरुलाई बचाउँन देवगुरु बृहस्पतिले रक्षा बन्धन डोरोबाट अत्यन्त बलशाली दानव बलिराजलाई बाधि देवगणहरुको रक्षा गरेका विश्वास रहिआएको छ ।
आज दानवी शक्तिबाट रक्षित हुँन वा हामि आफ्नो मन बिचलित नहोस,सधै सत्कर्ममा मन गईरहोस,बिधि तथा कानुनको अधिनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस भन्ने कामनाका साथ रक्षा बन्धन आफ्नो गुरु तथा पुरोहितबाट बाध्ने गर्दछ ।
आज लगाईने रक्षा बन्धन तिहार वा दिपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाधिदिनाले मृत्यु पस्चात वैतरणी नदी सजिलै पार गर्न सकिने हिन्दु धर्मावलम्बीहरुको विश्वास छ ।