मन्त्री दुलालले लगाए सचिवको कार्यकक्षमा ताला
मकवानपुर । प्रदेश न. ३ सामाजिक विकास मन्त्रालयका मन्त्री युवराज दुलाल शरदले सचिवको कार्यकक्षमा ताला लगाइदिएका छन् ।
मन्त्री दुलालले किन सचिवको कार्यकक्षमा ताला लगाइदिए भन्ने बारे विस्तृत खुल्न सकेको छैन । हिजो मन्त्रीले सचिवको कार्यकक्षमा ताला लगाइदिएका हुन् । सचिव लोकनाथ पौडेलको कार्यकक्षमा ताला लगाइदिएको मन्त्रालय स्रोतले बताएको छ ।
सचिव पौडेल भने हिजै काठमाडौँ गएको बताइएको छ । यस विषयमा मन्त्री दुलालसित प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेको छैन ।
