१० दिनको घरबिदा स्वीकृत गरेर आएको हुँ, अरु थाहा छैन : सचिव पौड्याल
मकवानपुर, २७ चैत । सामाजिक विकास मन्त्री युवराज दुलालले सचिव लोकनाथ पौड्यालको कार्यकक्षमा ताला लगाइदिएपछि मन्त्री र सचिवबीच विवाद सार्वजनिक भएको छ ।
फाइलहरु थन्काएर सचिवले कामै नगरेपछि उनीमाथि स्पष्टिकरण सोधेर अघिल्लो मितिमा फाइल सही नगरुन् भन्ने अभिप्रायले ताला लगाइएको मन्त्री दुलालले बताए ।‘आफूभन्दा अग्लो बनाएर फाइल थन्काउने काम भएकोछ, काम किन भएन भनेर स्पष्टिकरण सोधेको छ, मन्त्री दुलालले तु खबरसँग भने ।
मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई तु खबरले खासमा के भएको हो भनी जिज्ञासा राखेका थियो । सचिव पौड्यालले आफू १० दिनको घरविदा स्वीकृत गरी काठमाडौँ आएको बताए । ‘मैले दश दिनको घरविदा स्वीकृत गराएर आएको छु, अरु मलाई थाहा छै्रन, उनले भने ।तपाइले मन्त्रालयमा फाइल थुपारेर कामै गर्नु भएनछ नि भनी राखेको जिज्ञासामा सचिव पौड्यालले यस विषयमा आफू नबोल्ने बताए ।
