अपडेट : स्पष्टिकरण सोधेको छु,पहिलेको मितिमा सही नगरोस् भनेर ताला लगाइदिएको हुँ : मन्त्री दुलाल
मकवानपुर, २७ चैत । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले आफूले सचिव लोकनाथ पौडेलको कार्यकक्षमा ताला लगाएको बताएका छन् ।
तु खबरसँग कुराकानी गर्दै उनले सचिवले फाइलहरु सबै पेन्डीङमा राखेर आफूभन्दा अग्लो बनाएर काम नगरेको हुनाले र अगाडिको मितिमा फाइल स्वीकृत गर्ने संभवना देखिएकोले आफूले सो फाइलहरु लक गर्ने उद्धेश्यले ताला लगाएको मन्त्री दुलालले बताए ।
उनका अनुसार, सचिवलाई किन काम नगरेको भनी स्पष्टिकरण सोधिएको छ । उनी त्यसको उचित जवाफ नदिई हिजै काठमाडौँ गइसकेका मन्त्रालय स्रोतले बताएको छ ।
