ह्वाइट हाउस नजिकै गोली चल्दा एक जनाको मृत्यु, पाँच जना घाइते
वासिङ्टन डिसी । अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित ह्वाइट हाउसबाट पैदल दूरीमा रहेको लोगन सर्कल क्षेत्रमा गोली चल्दा पाँच जना घाइते भएका छन् । गोली लागेकामध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । मृत्यु हुनेमा ४६ वर्षीय भवन प्रबन्धक जेम्स स्टुअर्ट रहेका छन् ।
गोली चलेको स्थान आसपास लुकेर बसेका संदिग्ध व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ । ह्वाइट हाउसबाट करिब एक माइल उत्तरमा पर्ने लोगन सर्कल क्षेत्रमा गोली चलेको हो । उक्त क्षेत्रमा भिडा फिटनेस सेन्टर, सेन्ट लुक्स एपिस्कोपल चर्च र आवासीय भवनहरू रहेका छन् भने नजिकै होल फुड्स सुपरमार्केट छ ।
प्रत्यक्षदर्शीहरूले जिमभित्र करिब दुई राउन्ड र बाहिर पाँच-छ राउन्ड गोली चलेको सुनेको बताएका छन् ।अपार्टमेन्ट व्यवस्थापनले भवनमा सक्रिय बन्दुकधारी हुन सक्ने भन्दै सूचना पठाएको थियो ।
नोभेम्बर २०२५ मा पनि ह्वाइट हाउस नजिकै दुई नेसनल गार्ड सदस्यहरूमाथि गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको थियो, त्यसपछि ट्रम्प प्रशासनले २०२६ मा यस क्षेत्रमा सङ्घीय सुरक्षाकर्मी तथा नेसनल गार्डको परिचालन गरेको थियो ।
यो घटना पछि पनि सो क्षेत्रमा यस प्रकारका घटनाहरु भइरहेका छन् ।
