आज राष्ट्रिय शोक, नेपाली झण्डा झुकाइने

तु खबर संवाददाता
२०८३ भाद्र २२, सोमबार ०७:५५

गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी निधन भएका व्यक्तिहरुको सम्झनामा आज सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ ।

रसुवाको भोटेकोशीमा आएको सो बाढीबाट हालसम्म १३ सय ४२ जनाको निधन भएको छ । गत भदौ १८ मा बसेको मन्त्रिपरिषद् को बैठकले आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो ।

नेपाल भरिका सरकारी कार्यालय र विदेशी नियोग तथा राजदुतावासहरुमा राष्ट्रिय झण्डालाई आधा झुकाइने छ ।

खोज तथा उद्धारका कार्यका लागि २१ हजारभन्दा बढी जनशक्ति परिचालित भएको भएपनि भौगोगिक वनावट र साधानस्रोतको अभावमा उद्धार कार्य ब्यापक रुपमा हुन सकिरहेको छैन । तर, पनि विशेष गरी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले खोज तथा उद्धार कार्यलाई तिव्रता दिइरहेका छन् ।