पेट्रोल र डिजेलको मूल्य बढाउने सरकारको निर्णय
अन्तर्राष्ट्रिय बजार मूल्यको अनुपातमा मूल्य नघटाएको सरकारले आज फेरि पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । नेपाल आयल निगमले आइतबार मध्यराति अर्थात (आज) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।
आजको निर्णयसँगै अहिलेको बालेन्द्र शाह नेतृत्वको सरकार उपभोक्ताको शोषण गर्न उद्यत रहेको पुष्टी हुन आएको छ ।
यसअघि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको बेलामा घटाउन आनाकानी गर्दै सञ्चार माध्यम र नागरिक समाजले चर्को दवाव दिएपछि एक पटक मात्रै घटाएको थियो । अन्तर्राष्ट्रिय बजारमा पुरानै अवस्थामा मूल्य फर्किँदा समेत सरकारले इन्धनको मूल्य नघटाएर उपभोक्तामाथि अपराध गरेको थियो ।
नेपाल आयल निगमले जारी गरेको सूचना अुनसार पेट्रोलमा ३ रूपैयाँ, डिजेल र मट्टितेलमा ५ रूपैयाँ प्रतिलिटरका दर मूल्य बृद्धि गर्ने निर्णय गरिएको छ । त्यस्तै, हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो । यसले आन्तरिक हवाई भाडा पुःन बृद्धि हुने देखिएको छ ।
