यूएईमा ७ नेपाली घाइते, एक गम्भीर
संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा हवाई सुरक्षा प्रतिरक्षा प्रणालीले ड्रोन र मिसाइललाई अवरोध गरेपछि खसेका टुक्राहरुले लागेर ७ जना नेपाली घाइते भएका छन् ।
आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेको थियो । ती ड्रोन र मिसाइल अवरोध गरेपछि ड्रोन र मिसाइलका ट्रक्राहरु तल झरेका थिए । सोही कारण ७ जना नेपाली घाइते भएका यूएईका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । घाइते ७ मध्ये एक जना नेपालीको अवस्था गम्भीर रहेको बताइएको छ । यद्यपी घाइतेहरुको विवरण सार्वजनिक भइसकेको छैन ।
घटनामा घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन् ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले पनि बारम्बार विभिन्न देशहरुमा आक्रमण गर्दै आएको छ । यूएई, कतार लगायतका देशहरुमाथि इरानाले बारम्बार आक्रमण गरिरहेको छ भने यी देशहरुले प्रतिरक्षा प्रणालीमाथि त्यस्ता धेरै आक्रमणहरुलाई विफल बनाइदिएका छन् ।
