लकडाउनको अवधिमा युएईबाट १० हजार नेपाली स्वदेश फर्किए

तु खबर संवाददाता
२०७७ श्रावण १९, सोमबार १४:४६

युएई । लकडाउनको अवधिमा युएईबाट करिब दश हजार नेपाली स्वदेश फर्किएका छन् । लकडाउनका कारण समस्यामा परेकामध्ये करिब दश हजार नेपाली स्वदेश फर्किएका हुन् । विदेशबाट स्वदेश फर्कने अन्य मुलुकहरुको तुलनामा यो सबैभन्दा धेरै संख्या हो।

युएईस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म विभिन्न एयरलाइन्सको ५५ वटा चार्टर उडान मार्फत उनीहरु नेपाल फर्किएका हुन्।

कोरोना भाइरस (कोभिड–१९) कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सरकारी नीति अनुरुप नेपाली दूतावास युएईले प्राथमिकताको आधारमा नेपालीहरुलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइरहेको हो ।

यस अघिनै युएईस्थित नेपाली दूतावासले नेपाल फर्कने ३८ हजार ९ सय ९१ जनाको एकीकृत नामावली सार्वजनिक गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*