युएईमा लकडाउनको अवधिमा ८९ जना नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागि गरिएको लकडाउन (बन्दाबन्दी) को अवधिमा युएईमा ८९ जना नेपालीको मृत्यु भएको छ ।
बैदेशिक रोजगारीको लागि युएईका गएका उनीहरुको विभिन्न कारणले मृत्यु भएको यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
मृत्यु भएकाहरुमध्ये २९ जनाको कोरोना संक्रमणबाट र अन्यको विभिन्न कारणले मृत्यु भएको हो ।
संक्रमणबाट मृत्यु हुनेमा २८ जना पुरुष र एक पुरुष गरी २९ जना रहेका छन् ।
८९ जना मध्ये ४२ जनाको अन्त्येष्टि यूएईमै गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको छ । यूएईमै अन्त्येष्टिका लागि नो अब्जेक्सन जारी गरेका ४२ जनाको कोरोना बाहेक अन्य कारणले मृत्यु भएको दूतावासले जनाएको छ ।
