ओली क्याबिनेटका उर्जामन्त्री खड्का पनि पक्राउ
नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले आज पक्राउ गरेको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको भोलिपल्ट आज प्रहरीले ओली क्याबिनेटका शक्तिशाली मन्त्री रहेका खड्कालाई पनि पक्राउ गरेको हो । उनलाई महाराजगञ्जबाट पक्राउ सीआइबीले पक्राउ गरेको एआइजी मनोज केसीले पुष्टि गरेका छन् ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो ।जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो ।
जेन जी आन्दोलनपछि गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा पूर्वप्रधानमन्त्री ओली र लेखकलाई पक्राउ गरिएको दावी सरकारको छ । उनीहरुको पक्राउको विरोधमा प्रदर्शनहरु भइरहेका छन् ।
