एमाले कार्यकर्ताहरूले जलाए आयोगको प्रतिवेदन

तु खबर संवाददाता
२०८२ चैत्र १४, शनिबार १९:४५

जेन-जी आन्दोलनको घटना जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी कसुरमा कारबाही गर्ने तयारीका साथ पक्राउ गरिएपछि नेकपा (एमाले) का कार्यकर्ताहरूले सो आयोगको प्रतिवेदन जलाएका छन्।

एमाले कार्यकर्ताहरूले पार्टी कार्यालयबाहिर जाँचबुझ आयोगको प्रतिवेदन जलाउँदै राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएकाहरूलाई छाड्न माग समेत गरेका छन्।

चुनावी सरकारका प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जेन-जी आन्दोलन जाँचबुझ गर्न आयोग बनाएको थियो। सोही आयोगले बुझाएको प्रतिवेदनका आधारमा बालेन्द्र शाह नेतृत्वको सरकारले ओली र लेखकलाई पक्राउ गरेपछि अहिले एमाले कार्यकर्ताहरू सरकारसँग रुष्ट छन्। सोही कारण उनीहरूले आयोगको प्रतिवेदन जलाएका हुन्।