एमाले मकवानपुरमा अध्यक्षको जिम्मेवारी हिदम लामालाई

तु खबर संवाददाता
२०८२ फाल्गुन २५, सोमबार ०४:५८

नेकपा एमाले मकवानपुरको कार्यबाहक अध्यक्षमा हिदम लामा चयन भएका छन् । उपाध्यक्षको भूमिकामा रहेका लामालाई अध्यक्ष श्रीधर पोख्रेलले राजिनामा दिएपछि आज बसेको सचिवालय बैठक अध्यक्ष चयन गरेको हो ।

११औं अधिवेशनबाट निर्वाचित मकवानपुर अध्यक्ष पोख्रेलले निर्वाचनमा पार्टीको पराजय र नेतृत्वप्रति प्रश्न उठाउँदै राजिनामा घोषणा गरेका थिए । भीमफेदी गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा रहेका लामालाई पोख्रेलको राजिनामा पछि अध्यक्षको जिम्मेवारी दिइएको हो ।

एमालेले आफ्नो लालकिल्लाको रुपमा लिने मकवानपुरको दुई वटै निर्वाचन क्षेत्रमा पराजय व्यहोरेको छ । देशव्यापी रुपमा क्षति व्यहोरेको एमालेले मकवानपुरमा जित निकाल्न नसक्नु कुनै विषय नभएको बताउँदै पोख्रेलले राजिनामा दिन नहुने मत पनि एमालेभित्र थियो ।

कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएपछि लामाले एमालेलाई आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्ने बताएका छन् ।