कतारमा जारी यु-१७ विश्वकप : जापानद्वारा पोर्चुगल पराजित
गिरिजा अधिकारी
कतार, दोहा । फिफा यु-१७ विश्वकप २०२५ को समूह चरण अन्तर्गत नोभेम्बर ९ मा भएको जापानबिरुद्ध पोर्चुगलको खेल निकै प्रतिस्पर्धात्मक बन्यो । प्रतिस्पर्धात्मक यस खेलमा जापानले पोर्चुगललाई २-१ गोल अन्तरले पराजीत गरेको हो ।
जापानका तर्फबाट हारुतो कासागीले गोल गर्दै आफ्नो समूहलाई खेलमा अग्रता दिलाएका थिए भने कोतारो सातोले खेलको दोस्रो हाफमा निर्णायक गोल गर्दै जापानको जित सुनिश्चित गरेका हुन् ।
पोर्चुगलका तर्फबाट अनिसियो काब्रालले सान्तवना गोल गरेका थिए ।
खेलको सुरुवातदेखि नै दुबै समूहले आक्रमक खेल खेलेको भएपनि तिब्र गतिको काउन्टर अट्याकका कारण जापान विजयी भएको हो । पोर्चुगलले बलियो खेल प्रदर्शन गरेको भएपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । जापानका लागि दुई जना खेलाडीले गोल गरेका थिए । जापानको रक्षापक्ति पनि बलियो रहेको थियो ।
पोर्चुगलले सान्तवना गोलको रुपमा एक गोल फर्काएपनि त्यसले नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
अर्जेन्टिनाको गोल वर्षा, फिजी ७-० ले स्तब्ध
फिफा यु-१७ विश्वकप २०२५ को समूह ‘डी’ अन्तर्गत आज नोभेम्बर ९ मा भएको खेलमा अर्जेन्टिनाले ऐतिहासिक प्रदर्शन गर्दै प्रतिद्वन्द्वी फिजीलाई ७ ० ले स्तब्ध पारेको छ । एस्पायर जोनको मैदान नम्बर ३ मा भएको खेलमा अर्जेन्टिनाले फिजीलाई विशाल अन्तरले पराजित गरेको हो ।
खेलको सुरुदेखि नै फिजीमाथि हाबी भएको अर्जेन्टिनाले पहिलो हाफमै ठूलो अग्रता लिएको थियो।
अर्जेन्टिनाका तर्फबाट सान्टियागो लोपेज खेलको सुरुवातमै गोल गरे । त्यसपछि क्लाउडियो एचेभेरी र अगस्टिन रुबर्टोले २ -२ गोल गरे भने इयान सुबियाब्रे भ्यालेन्टिन एकुना, माक्सिमिओ लियालले पनि एक एक गोल गरे ।
खेलमा फिजी गोलरहीत बन्न पुगेको हो ।
