मकवानपुरमा कांग्रेसको तर्फबाट उपाध्याय र लामा उम्मेदवार

तु खबर संवाददाता
२०८२ माघ ६, मंगलवार १९:४६

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।

मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसकी पूर्व सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले उम्मेदवारी दर्ता गराएकी छन्। यस अघि पनि उम्मेदवार रहेकी डिना पराजीत भएकी थिइन् ।

त्यसैगरी, मकवानपुर क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले उम्मेदवारी दर्ता गराएका छन्। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको राजनीतिक सल्लाहकार रहेका लामा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार भएका हुन् ।

नेपाली कांग्रेस मकवानपुरले पार्टी कार्यालयमा भेला भई र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको हो।