राष्ट्रियसभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबिच भेटवार्ता

तु खबर संवाददाता
२०८२ कार्तिक ६, बिहीबार २०:३१

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिस्कसँग द्विपक्षीय भेटवार्ता भएको छ।

अन्तर व्यवस्थापिका संघको १५१ अ‍‍ौँ महासभाको सन्दर्भमा जेनेभामा रहेका राष्ट्रिय सभा दाहालले अष्ट्रेलियन सभामुखसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबिचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै संसदीय सहकार्यका विषयमा छलफल भएको थियो।