‘ए’ डिभिजन लिग संचालनका लागि एन्फाको छलफल
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग संचालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरोकारवालसँग छलफल गरेको छ । २०८२ पुस ९ गतेबाट सुरु गर्न लागिएको सो लिगलाई व्यवस्थित बनाउन प्रस्तावित खेल मैदान रहेको जिल्लाका अध्यक्ष, प्रदेश अध्यक्ष र केन्द्रीय सदस्यबीच एन्फाले छलफल गरेको हो ।
ए डिभिजन लिगलाई काठमाडौंबाट बाहिर लगेर संचालन गर्ने तयारी भइरहेको छ । डबल राउण्ड रोबिन ढाँचामा लिग गराउने तयारी एन्फाको छ । यसका लागि एन्फाले अध्यक्ष तथा सरोकारवालासित छलफल गरेको हो । धेरै किसिमको व्यवस्थापन गर्न जरुरी छ, सोही कारणले छलफल गरिएको एन्फाको भनाई छ ।
खेल व्यवस्थापन, सुरक्षाको तयारी, दर्शकको व्यवस्थापन लगायतका समग्र बिषयमा एन्फाले छलफल गरेको हो । लिगका लागि आवश्यक सबै व्यवस्थालाई चुस्तदुरुस्त बनाउने गरी एन्फाले काम गरिरहेको छ ।
