संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नेकपा (एमाले) की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ । सो कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएकी हुन् ।
घुस लिने दिनेबारेको अडियो सार्वजनिक भएपछि यसअघिका मन्त्री राजकुमार गुप्ताले चौतर्फी दबाबपछि आज मंगलबार पदबाट राजीनामा बुझाएका थिए । उनले राजीनामा दिएपछि न्यौपाने मन्त्रीमा नियुक्त भएकी हुन् ।



