बालुवाटारमा प्रदर्शन गरेपछि नेविसंघका नेताहरू पक्राउ
काठमाडौँ । बालुवाटारमा प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका ६ जना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेविसंघ जिल्ला कार्यसमिति काठमाडौँले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षप गरी विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका काठमाडौँ जिल्ला अध्यक्ष अंशुल केसी, काठमाडौँ सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ र रोहन देशार र सतिश यादव रहेका छन् ।
छात्रवृत्तिको पारदर्शी व्यवस्था हुनुपर्ने, विद्यार्थी मैत्री शिक्षा ऐन तत्काल जारी हुनुपर्ने, दोहोरो विद्यार्थी भर्ना बन्द हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति हुनुपर्ने लगायतका माथ राखी प्रदर्शन गरिएको थियो ।
