भारतमा भएको विमान दुर्घटनाले क्यानडाका प्रधानमन्त्री स्तब्ध

तु खबर संवाददाता
२०८२ जेष्ठ २९, बिहीबार २०:५२
Photo : Wikipedia

भारतको गुजरातस्थित अहमदाबाद शहरमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएपछि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले गहिरो दुखः व्यक्त गरेका छन् । विमानमा २४२ जना यात्रु सवार थिए भने एक जना क्यानाडाली नागरिक पनि सोही विमानमा थिए ।

प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जालमा लेख्दै विमान दुर्घटनाग्रस्त भएको खबरले अत्यन्त स्तब्ध छु भनेका छन् । उनले एक्समा भनेका छन्– ‘अहमदाबादबाट लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको खबरले म अत्यन्त स्तब्ध छु। उक्त विमानमा एक क्यानडाली नागरिकसहित २४२ जना सवार थिए। म दुर्घटनामा परेका सबै यात्रु तथा उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु।’

प्रधानमन्त्री कार्नीका अनुसार, क्यानडाका यातायात अधिकारीहरू हाल भारतीय अधिकारीहरूसँग सम्पर्कमा छन् र घटनाको अनुसन्धानमा समन्वय गरिरहेका छन्।