२०४७ पछि सार्वजनिक जिम्मेवारीमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारले विगत र वर्तमानको समान्य समीक्षा नै नगरी औपचारिकता पूरा गर्न मात्र नीति तथा कार्यक्रम ल्याइएको बताएका छन् ।
प्रचण्डले आफ्नो नेतृत्वको सरकार हुँदा महत्वपूर्ण काम भएको स्मरण गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न भएकाहरुलाई कारवाही गर्नुपर्ने समेत प्रचण्डले बताए । सुशासनका कयौ किर्तिमान कायम गरेको आफ्नो नेतृत्वको सरकार ढालिएको बताउँदै प्रचण्डले २०४७ यता सार्वजनिक जिम्मेवारीमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्ने व्यवस्था नीति तथा कार्यक्रमा समावेश गरिनुपर्ने माग समेत गरेका छन् ।
ग्रे लिस्टबाट २ बर्षभित्र हट्ने लक्ष्य राखिनु गलत भएको बताउँदै प्रचण्डले तत्काल नीतिगत प्राथमिकता दिएर सरकारले काम गर्नुपर्ने बताए । नत्र देश ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा जाने जोखिम रहेको बताए । जनतामा चरम निरासा छाएको प्रचण्डको भनाइ छ ।
विगतमा सुरु गरिएको राम्रो कामहरु पनि नीति तथा कार्यक्रमबाट हटाउनु दुखद् भएको प्रचण्डको भनाइ छ । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुसमेत नीति तथा कार्यक्रममा समावेश नगर्नु अचम्म भएको पनि प्रचण्डले बताए ।