नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशको कार्यशाला सम्पन्न
नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले २०७२ को भुकम्पको सम्झनामा एक दिवशीय कार्यशाला सम्पन्न गरेको छ । इन्जिनियर बलराम पुडासैनीको सभापतित्वमा भएको सो कार्यशालाको प्रमुख आतिथ्यमा बगमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन काफ्ले रहेका थिए ।
विपद् जोखिम न्युनिकरणमा इन्जिनियरहरुको क्षमता सुदृढिकरण सम्बन्धी सो कार्यशालाम बिशेष अतिथि नेपाल इन्जिनियरिङ एशोसियशन केन्द्रीय समितिका अध्यक्ष सुवासचन्द्र बराल, अतिथिहरुमा पुल्चोक क्याम्पसका सहप्रध्यापक डा. अजयचन्द्र लाल, सीडिई भुपेन्द्रकुमार यादव, इन्जिनियर सुरज गौतम, डीपी नेट नेपालका महासचिव ईं. अनिल बानियाँ लगायतकाको उपस्थिति रहेको थियो ।
बागमती प्रदेश समितिका सहसचिव एवम् कार्यक्रम संचालक दीपक भट्टले कार्यक्रममा संचालन गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका विभिन्न स्थानिय तहका विपद संग सम्बन्धित इन्जिनियर तथा आर्किटेक्टहरुको सहभागिता रहेको थियो । यस्ता कार्यशालाले इन्जिनियरहरुको क्षमता विकासमा महत्वपूर्ण हुने विश्वास सहभागीहरुको थियो ।
