संवैधानिक परिषद् सम्बन्धि संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ। विधेयक पारित भएसँगै संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रक्रिया सहज हुने भएको छ।
सोमबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयक छलफलका लागि पेश गरेका थिए। प्रतिनिधिसभाले छलफलपछि विधेयकलाई सर्वसम्मत पारित गरेको हो।
संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिलाई परिमार्जन गर्ने उद्देश्यले ल्याइएको यो विधेयक पारित भएपछि संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्त गर्न कानुनी अवरोध हट्ने छ।
