प्रदेश लिगलाई निको अस्पतालको साथ

तु खबर संवाददाता
२०८१ पुष ११, बिहीबार १०:०१

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी प्रदेशस्तरीय लिग फुटबल प्रतियोगितालाई निको अस्पताल हेटौंडाले सहयोग गरेको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिताको खेल मैदानमा निको अस्पतालले आवश्यक स्वास्थ्यकर्मी र औषधी निःशुल्क रुपमा उपलब्ध गराएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंको लिग च्याम्पियन टोलीले विजयी भएका छन् । काठमाडौं लिग च्याम्पियन टोलीले काभ्रेको लिग च्याम्पियनलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

अस्पतालका सञ्चालक सुधिर दाहालले खेलकुद क्षेत्रमा निको अस्पतालले विगतको समयमा पनि सहयोग गरिरहेको स्मरण गरे । ‘हाम्रो पनि सामाजिक उत्तरदायित्व हुन्छ । सोही अनुसार अस्पतालले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।’, दाहालले भने ।