नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा पक्राउ
काठमाडौं । दशैँमा गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा काठमाडौंको विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरु रहेको प्रहरीले जनाएको छ ।
तीमध्ये काठमाडौंको कोटेश्वरबाट ३ जना र बल्खुबाट ६ जनालाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तलाई जिम्मा लगाइएको छ ।
