धनुषाबाट लागूऔषधसहित दुई जना पक्राउ
धनुषा । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
आइतबार बिहान लागूऔषध ब्राउनसुगर १० ग्राम ६ सय ५० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा जनकपुर उपमहानगरपालिका–१ भानुचोक बस्ने २५ वर्षीय रबिन्द्र ठाकुर र २४ वर्षीय अमित कुमार साह रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले पक्राउ परेको हो ।
जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको मधेश प्रदेश–०२–००६ प ५१०७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरिएको हो ।
उक्त घटनाको लागि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
