सवारी दुर्घटना हुँदा १६ जना घाइते, मकवानपुरका लामा पक्राउ

तु खबर संवाददाता
२०८१ आश्विन ११, शुक्रबार १०:०१
File Photo

चितवन । चितवनको भरतपुर महानगर पालिका वडा नम्बर २९ पन्ध्र किलोस्थित मुग्लिङ नारायणगढ सडकखण्डमा गएराति सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नंम्वरको माइक्रो र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६२२ नंम्वरको दूध बोक्ने ट्याङ्कर एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते भएका सबै माइक्रोमा यात्रा गर्ने चालक सहितका यात्रु हुन् ।

दुर्घटनामा घाइते हुनेहरुमा पूर्वी नवलपरासी कावासोतीका २४ वर्षीया सृष्टी भुसाल, वर्ष ५२ को को रामजी भुसाल, सोनीका भुसाल र साहिल श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।

यस्तै, कावासोतीका कमला श्रेष्ठ, रेजिना पराजुली अरुणिमा पौडेल, माइक्रो चालक कावासोतीका चिन्ता बहादुर महतो, कावासोती ७ बस्ने वर्ष ३२ को सन्तोष महतो, कावासोती १ बस्ने वर्ष २१ को निर्जन लुङगेली, कावासोती २ बस्ने वर्ष ३४ की निरमाया आले, कावासोती २ बस्ने वर्ष ६ को ईहान आले, कावासोती ७ बस्ने वर्ष ३८ को रामचन्द्र भुसाल, कावासोती ९ बस्ने वर्ष ३० को कृष्ण प्रसाद भुसाल, सुनिल गरौँ र बागलुङ जयमिनि गाउँपालिका वडा नम्बर ९ बस्ने वर्ष ३७ को फणीन्द्र थापा रहेका छन् । दुर्घटनामा घाइते उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त ट्याङ्कर चालक मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २९ को पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेकोा छ ।